https://nepalnamcha.com/kopila/19110/
नशामा कवि एक बोल्यो फूल तानी,
हे फूल भनिदेऊ न तिम्रो कहानी ।
कथामा म तिम्रो कविता रचूँ कि,
तिम्रै थुङ्गा छेउ गाएरै बसूँ कि ।
सुन्दर त्यो स्वरुपा तिमी भाग्यमानी,
बन्छन् तिमीमाथि बडिया कहानी ।
यी तिम्रा अनौठा कति राम्रा पात,
यति राम्रो पार्नु कसका छन् हात ?
मायाको यो साउँ र तिम्रो यो भक्ति,
मिल्यो कहँबाट अनौठो त्यो शक्ति ।
तिमी फुल्ने ठाउँ तिनै डाँडा काँडा,
टिप्न खोज्दा थुङ्गा नहुनू है टाढा !
होलान् नि चाहना अथाह जीवनमा
होलान् नि भोगाइ र बाधा जीवनमा
के हो राज त्यस्तो त्यो तिम्रो जवानी
कवि हुँ समेट्छु म तिम्रो कहानी ।